नियम १०
कर्मचारीको अभिलेख
(१) कर्मचारीको वैयक्तिक विवरण तथा अन्य अभिलेख निजामती
किताबखानामा राखिनेछ ।
(२) मन्त्रालय र अन्तर्गतका विभाग र कार्यालयहरूले पनि आफ्नो मातहतका
कर्मचारीको अभिलेख निजामती किताबखानाको अभिलेखसँग दुरुस्त हुने गरी अद्यावधिक
गरी राख्नु पर्नेछ ।